बाढीपहिरोले कोशी राजमार्गमा करोडौँको क्षति

डिसी नेपाल
७ असार २०८१ २२:४८
40
Shares

खाँदबारी। कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडक खण्डमा बाढीपहिरोले पक्की पुल बगाउँदा रु सात करोड बराबरको क्षति भएको छ। खाँदबारी–थामसेर्कुअन्तर्गत ठूलोढुंगा–अरुणथान खण्डमा सडकको ‘सब–बेस’ बगाउँदा रु एक करोड बराबरको क्षति भएको छ।

थामसेर्कु–कप्ताने सडक र कप्ताने–नुम सडक खण्डमा नाली, ग्याबिन पर्खाललगायतका संरचना बगाउँदा दुई करोडभन्दा बढीको क्षति भएको उत्तर दक्षिण कोशी सडक आयोजना कार्यालय संखुवासभाका प्रमुख सबिन कोइरालाले जानकारी दिए। एकुवा खोलामा डेढ वर्षअघि निर्माण सम्पन्न भएको पुल पहिराले बगाउँदा चार करोड बराबरको क्षति भएको आयोजनाले जनाएको छ।

मकालु गाउँपालिकाको फ्याक्सिन्दा दोभानमा रहेको अरुण नदीमाथिको पक्की पुल उच्च जोखिममा परेको छ। यो सडकखण्ड किमाथांका हुँदै चीनसँग जोडिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *