उपप्रधानमन्त्री श्रेष्ठ ‘एसिया सहयोग संवाद’मा भाग लिन इरान प्रस्थान

डिसी नेपाल
८ असार २०८१ २२:०९
32
Shares

काठमाडौं। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसियाका ३५ देश सदस्य रहेको अन्तरसरकारी संगठन ‘एसिया कोअपरेशन डाइलग (एसिडी)का विदेश मन्त्रीहरुका १९औँ बैठकमा भाग लिन आज इस्लामिक गणतन्त्र इरान प्रस्थान गरेका छन्।

इरानको राजधानी तेहरानमा यही असार १० गते आयोजना हुने उक्त बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

उपप्रधानमन्त्री श्रेष्ठले बैठकका अवसरमा सदस्य राष्ट्रका विदेशमन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। उपप्रधानमन्त्री श्रेष्ठ यही असार १२ गते स्वदेश फर्ने तालिका छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *