प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन्।
सत्ता साझेदार दल एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।
प्रधानमन्त्री प्रचण्डले असार २८ गते बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने जानकारी गराउँदै शुक्रबार संसद सचिवालयमा पत्राचार गरेका छन्।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment