मुगुमा २४ घर र सार्वजनिक गुम्बामा चोरी गर्ने तीन जना पक्राउ

डिसी नेपाल
२४ असार २०८१ २०:५९
56
Shares

मुगु। मुगु जिल्लाको मुगुम कार्मारोङ गाउपालिका वडा नं. ०१ डोल्फु गाउँको २४ वटा घर र एउटा सार्वजनिक गुम्बा चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन्।

मुगुको मुगुम कार्मारोङ गाउँपालिका वडा नं. ०१ डोल्फु गाउँमा जेठ १२ गते राती बिष्णु बहादुर बुढा समेतका ७/८ जना अपरिचित व्यक्तिहरूको समुहले गाउँका २४ वटा घर र एउटा गुम्बा तोडफोड गरी नगद पैसा, सुन, चाँदी, गरगहना चोरी गर्ने व्यक्तिहरु पक्राउ परेका छन्।

उनीहरुले अन्दाजी सुन ३५ तोला, चाँदी ९९४.५ तोला, बुद्धको मुर्ति–२, रिणमोक्षको मुर्ति–१, मुगाको माला ९५ तोला, यार्सा, मोबाईल, नगद ५० लाख २५ हजार समेतका धनमालहरु लुटी  फरार रहेका व्यक्तिहरु मध्ये तीनजना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरुले मुखमा मास्क लगाई हातहतियार सहित गाउँमा प्रवेश गरी गोली पड्काई केही स्थानीय मानिसहरूलाई कुटपिट समेत गरी डरत्रासमा पारी चोरी गरेको प्रहरीले जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *