भक्तपुरका विभिन्न स्थानमा बाढीपहिरोबाट क्षती, उद्धार कार्यमा खटिँदै सशस्त्र प्रहरी
काठमाडौं। लगातार वर्षाको कारण भक्तपुर जिल्लाको विभिन्न ठाउँमा बाढी तथा पहिरोले क्षती पुर्याएको छ। उक्त ठाउँहरुमा सशस्त्र प्रहरी बल नेपाल नं.२२ गुहेश्वरी गण दुवाकोट भक्तपुरको सुरक्षा फौज परिचालित भएर उद्धार कार्य गरिरहेको छ।
असार २६ गते चागुनारायण नगरपालिका–१ दुवाकोटस्थित राई टोलमा मनोहरा खोलामा पानीको बहाव बढि खोला नजिकै रहेका घरहरुमा क्षती पु¥याउन लागेपछि सो क्षेत्रमा बोरा तथा तारजाली लगाई तटबन्धन निर्माण गरेको नं। २२ गण गुहेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वासुदेव लोहनीले जानकारी दिए।

यसअघि चाँगुनारायण नगरपालिका–६ नगरकोटमा असार २४ गते पहिरो गई अवरुद्ध भएको सडक सशस्त्र प्रहरीले सुचारु गरेको थियो। नगरकोटबाट कात्तिके भन्ज्याङ्ग हुँदै साँखु जाने सडकमा पहिरो जाँदा सोही स्थानमा रहेको सेरेनी रिसोर्टको भवनमा समेत क्षती पुगेको थियो।


No ads found for this position

डिसी नेपाल
Facebook Comment