‘भीएस कलेज’ले बलिउड अभिनेत्री जया प्रदाको हातबाट पायो बेस्ट कलेजको अवार्ड
काठमाडौं। चावहिल क्षेत्रको उत्कृष्ट तथा छोटो समयमा लोकप्रिय बनेको प्लस टु तथा व्याचुलर लेवलको अब्बल भीएस कलेजले ‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेसनल एक्सिलेन्स अवार्ड’ अन्तर्गत वेस्ट कलेजको अवार्ड प्राप्त गरेको छ ।
नेपाल चेम्बर अफ कमर्स नेपाल महिला चेम्बरको प्रस्तुति, लिडिभाइन,भारतको आयोजना तथा प्याजेन्ट नेपालको एसोसियटमा बिहीवार काठमाडौँको र्यालडिसन होटेलमा आयोजित एक समारोहमा कलेजले उक्त अवार्ड प्राप्त गरेको हो । लामो समयदेखि शिक्षा क्षेत्रमा कार्यरत व्यक्तित्वहरुले सन्चालन गरिरहेको कलेजले छोटो समयमा नै अपेक्षा गरे भन्दा राम्रो सफलता हासिल गरे बापत क्याम्पस प्रमुख रामकृष्ण सिंखडा उक्त सम्मानद्वारा विभूषित बनेका छन् ।
विशिष्ट अतिथि, बलिउड प्रख्यात अभिनेत्री जय प्रदा लगायतले उक्त अवार्ड हस्ताण्तरण गरेका थिए । अवार्ड प्राप्त गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै भिएस कलेजका रामकृष्ण सिखडाले नेपालको शिक्षा क्षेत्रमा अझै धेरै काम गर्ने जोस जागर बढेको बताएका छन । हजारौ विद्यार्थीहरुको शैक्षिक उन्नयन तथा उनिहरुको उत्तरोत्तर प्रगतिका लागि गरेको भूमिकाको कारण आफूले यो अवार्ड प्राप्त गरेको उल्लेख गरेका छन् ।
छाटो समयमै यो कलेज विद्यार्थीहरुको आकर्षणको केन्द्र कसरी बन्न पुग्यो भनेर हामीले प्रश्न गर्ने क्रममा शत प्रतिशत सफल नतिजा ल्याउन सफल, गीत, सङ्गीत र नृत्यका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपाधि दिलाउन सफल, राष्ट्रिय तथा अन्तर्राट्रिय स्तरमा खेल्ने खेलाडी उत्पादन तथा दक्ष अनुभवी शिक्षकद्वारा प्रविधियुक्त शिक्षणकै कारण भीएस कलेज सबै विद्यार्थीको रोजाइमा परेको कुरा क्याम्पस प्रमुख रामकृष्ण सिंखडाले बताए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment