आँबुखैरेनी–मुग्लिन सडक एकतर्फी सञ्चालन

डिसी नेपाल
२६ असार २०८१ १७:५६
40
Shares

दमौली। पहिरोका कारण पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन भएको छ। आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरा नजिक आज दिउँसो खसेको पहिरोले उक्त खण्ड एकतर्फी सञ्चालन भएको हो।

ऐनापहरास्थित सडकमाथिबाट डाँडा खसेपछि सडक एकतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरो हटाएर दुईतर्फी सडक सञ्चालन गरिएको हो। म्याग्दे गाउँपालिका–६ स्थित मौरीओडार सडक पनि एकतर्फी रूपमा सञ्चालन भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *