मनसुनको एक महिनाः कोशी, गण्डकी र लुम्बिनीमा बढी मानवीय क्षति

डिसी नेपाल
२७ असार २०८१ २२:३१
12
Shares

काठमाडौं। बढी वर्षा हुने आकँलन गरिएको यसपालिको मनसुनमा कोशी, गण्डकी र लुम्बिनी प्रदेशले बढी मानवीय क्षति बेहोरेको छ।

मनसुन सुरु भएपछिको एक महिनामा (जेठ २८ देखि आज असार २७ सम्म) देशभरमा ८८ जनाको मृत्यु भएकामा सबैभन्दा बढी क्षति उल्लेखित तीन प्रदेशमा भएको छ।

सातमध्ये गण्डकी प्रदेशले सबैभन्दा बढी मानवीय क्षति बेहोरेको हो। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार सबैभन्दा बढी गण्डकी प्रदेशमा २५ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा २३ र तेस्रोमा कोशी प्रदेशमा १९ जनाले ज्यान गुमाएका छन्।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा एक, मधेस प्रदेशमा चार, बागमती प्रदेशमा पाँच, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा सात जनाको मृत्यु भएको छ।

कार्कीले अहिलेसम्म देशभर गरेर अहिलेसम्म एक सय छ जना घाइते भएका पनि जानकारी दिए। अहिलेसम्म छ जना बेपत्ता रहेका छन्। बाढीका कारण एक सय ७६ घर डुबानमा परेका र आजसम्म विपद्का घटनाबाट तीन हजार चार सय ६२ परिवार विस्थापित भएका पनि प्रहरीले जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *