बाढीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा क्षति

डिसी नेपाल
१ साउन २०८१ २२:२२
20
Shares

दोधारा चाँदनी। अविरल वर्षापछिको बाढीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा क्षति पुगेको छ। चौधर नदीको बाढी निकुञ्जभित्र पसेपछि डुबानमा परेर थुप्रै वन्यजन्तु मरेका छन् भने भौतिक संरचनामा क्षति पुगेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए।

चौधर नदीसँगै जोडिएको निकुञ्जको लालपानी, राधापुर र मोहनपुर क्षेत्रमा डुबानमा परेर चारवटा लघुना र एक चित्तल मरेको अवस्थामा भेटिएको उनले बताए। ‘चौधर नदीको बाढी निकुञ्जमा पस्दा नदी क्षेत्रका वन्यजन्तु प्रभावित बनेका छन् । केही वन्यजन्तु मरेको अवस्थामा फेला पारेका छन्’, ऐरले भने।

उनकाअनुसार निकुञ्जभित्रका विभिन्न नदी नालामा रहेका एकदर्जन बढी काठे पुल र पक्की पुल बगेका छन्। ‘पर्यटक पथमा रहेका काठे पुल र पक्की पुल बगाएको छ’, संरक्षण अधिकृत ऐरले भने, ‘जसकारण अनुगमन तथा गस्ती गर्न समस्या भएको छ।’ पुल बगाएपछि बर्कोला भएर निकुञ्ज प्रवेश गर्ने बाटो पूर्णरूपमा अवरुद्ध भएको छ।

यसपटक महाकाली नदीको पानी भने निकुञ्ज पस्न पाएन। महाकालीको बाढी निकुञ्जभित्र नपसेकाले बाह्रसिंगाको बासस्थानमा भने क्षति नभएको निकुञ्जले जनाएको छ।

बाढीले निकुञ्जको हिरापुरमा रहेको कृष्णसार संरक्षित क्षेत्रमा भने क्षति पु¥याएको छ। यसका साथै निकुञ्ज कार्यालय र निवास डुबानमा परेपछि कार्यालयका फाइलसमेत भिजेका संरक्षण अधिकृत ऐरले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *