क्यानडाको टोरन्टोमा सन् १९४१ यताकै भारी वर्षा

डिसी नेपाल
२ साउन २०८१ ७:५१
64
Shares

काठमाडौं। क्यानडाको टोरन्टो शहरका केही भागमा तीन ठूला आँधीका कारण अत्यधिक वर्षापछि आएको बाढीले मुख्य सडकहरु जलमग्न भएका छन्। ती सडकबाट यात्रा गरिरहेका कयौं यात्रु तथा चालकहरु फसेका छन्।

अत्यधिक वर्षा र बाढीका कारण प्रभावित क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ। पर्यावरण क्यानडाको रिपोर्ट अनुसार हिजो टोरन्टोमा १ सय मिलिमिटर वर्षा भएको छ।

हिजोको वर्षाले सन् १९४१ पछिको वर्षाको दैनिक रेकर्ड तोडिएको छ। सार्वजनिक भएका भिडियो तथा तस्वीरहरुमा शहरभरी ठूलो बाढी पसेको देखिन्छ । साथै सडकमा कारहरु डुबेका छन् । युनियन स्टेशनमा सिँढीहरु तल पानी झरेको देखिएको छ।

टोरन्टो हाइड्रोका अनुसार आँधीले १ लाख ६७ हजारभन्दा बढीलाई बिजुली बिहीन बनाएको छ। वर्षा र बाढीका कारण धेरै उडान रद्द र ढिलाइ भएका छन् । केही राजमार्गहरु बन्द गरिएका छन् । बाढीमा फसेका १४ जनाको उद्दार गरिएको अधिकारीहरुले बताएका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *