ओलीलाई शुभकामना दिँदै माधव नेपालले स्मरण गराए संसद विघटन
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना दिदै यस अघि संसद विघटन गरेको विषय स्मरण गराएका छन्।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा ओलीले राखेको विश्वासको मतसम्बन्धिको प्रस्तावमाथि बोल्दै पूर्वप्रधानमन्त्री नेपालले विगतमा गरेको संसद विघटन सम्झाएका हुन्।
उनले प्रधानमन्त्री ओलीलाई आफ्नो पुनर्मूल्यांकन गर्न आग्रह गरेका छन्। विगतमा करिब दुई तिहाईको सरकार किन ढलेको भन्ने प्रश्न गर्दै नेपालले कांग्रेसका केहि नेताहरु एमालेसँग मिलेकोमा खुशी भएपनि दोस्रो तेस्रो तहका नेता र साधारण कार्यकर्ता खुशी नभएको बताए।
नेता नेपालले राजनीतिक स्थिरताका नाममा अर्को जंगबहादुर नखोजिएको बताउदै शक्तिको केन्द्रीकरणबाट स्वेच्छाचारिता जन्मिने डर भएको बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment