ओली प्रधानमन्त्री बन्दा सबैभन्दा बढी खुशी छु, तर विश्वासको मत दिँदैनौंः लिङ्देन
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई विश्वासको मत नदिने स्पष्ट गरेका हुन्।
अध्यक्ष लिङ्देनले आफू र आफ्नो दलको विगतमा एमालेसँग निर्वाचनमा तालमेल भएको उल्लेख गर्दै ओली प्रधानमन्त्री बन्दा आफू सबैभन्दा धेरै खुसी भएको बताए।
उनले यसअघि पनि राप्रपाले २ पटक प्रधानमन्त्री ओली रहँदा विश्वासको मत दिएको स्मरण गर्दै सरकारले संबिधान संशोधनको स्पष्ट खाका पेश गरेमा सरकारलाई सहयोग गर्ने पनि बताए।
साथै उनले आम निर्वाचन हुना साथ आफुले कांग्रेस र एमाले मिलेर सरकार बनाउन आग्रह गरेको स्मरण गर्दै अहिले आएर कांग्रेसएमाले एक भएको प्रसंगमा यो गठबन्धन सफल नभए के हुन्छ भन्दै प्रश्न गरेका थिए। अध्यक्ष लिङ्देनले माओवादी केन्द्र र फरक विचार राखिरहेका आफुहरुलाई मान्य हुनेगरी नयाँ सहमति गरेर अगाडि जान प्रस्ताव गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment