महिला एशिया कप: नेपालले पाकिस्तानलाई दियो १०९ रनको लक्ष्य
काठमाडौं। जारी महिला एशिया कप अन्तर्गत नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रन बनाएको हो।
नेपालका लागि सिता राना मगरले २६, पूजा महतोले २५ रन बनाएकी थिइन् भने कविता कुँवरले १३ तथा कविता जोशीले अविजित ३१ रन बनाएकी थिइन्।
त्यसैगरी पाकिस्तानका बलर सादिया इकवालले २ विकेट लिएकी थिइन् भने फातिमा सानाले एक विकेट लिएकी थिइन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment