उत्तरगंगाले बगाएका रामबहादुर मृत भेटिए

डिसी नेपाल
७ साउन २०८१ २१:२५
56
Shares

गलकोट। उत्तरगंगा नदी तर्ने क्रममा बेपत्ता भएका रामबहादुर विक मृत फेला परेका छन्। बागलुङको ढोरपाटन नगरपालिका–८ निवासी ५४ वर्षीय विक आइतबार उत्तरगंगा नदी तर्ने क्रममा बेपत्ता भएका थिए। विक आज मृत फेला पारेको प्रहरीले जनाएको छ।

ढोरपाटन नगरपालिका–९ स्थित उत्तरगंगा नदीमा आफूले लगाउने कपडा र चप्पल किनारमा राखी नदी तर्ने क्रममा आइतबार बेपत्ता भएका विक आज मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले जानकारी दिए।

नदीले बगाएको स्थानदेखि करिब १० किलोमिटर तल ढोरपाटन नगरपालिका–९ दिज स्थित उत्तरगंगा नदीको भाग मृत फेला परेको यादवले जानकारी दिए। घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक राजकुमार विकको नेतृत्वमा प्रहरी टोली खटिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *