लुम्बिनीमा एमाले र कांग्रेसले टुंगाे लगाए मन्त्रीकाे नाम

डिसी नेपाल
९ साउन २०८१ ७:३१
84
Shares

दाङ। लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीकाे नाम कांग्रेस-एमालेले टुंगाे लगाएका छन्। पार्टी केन्द्रीय समितिले दिएकाे नामावलीकाे आधारमा दुवै पार्टीले मन्त्रीहरुकाे नाम टुंगाे लगाएका हुन्।

नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने चार जना मन्त्रीकाे नाम टुंगो लगाएको छ। अघिल्लो सरकारमा मन्त्री बनेका दुई जनालाइ दाेहाेर्‍याइएको छ भने दुई जना नयाँ अनुहारलाई मन्त्रिमा स्थान दिइएको छ।

कांग्रेस-एमाले समिकरणका आधारमा लुम्बिनीमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनिसकेका छन्।

उनकाे क्याविनेटमा एमालेकाे तर्फबाट गुल्मीका दिनेश पन्थी, रूपन्देहीका भूमीश्वर ढकाल, पाल्पाका खेमबहादुर सारू र दाङ बाट सीता चाैधरी शर्मालाई मन्त्रीकाे रुपमा सहभागी हुनेछन्। पन्थी अघिल्लो सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री र ढकाल खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्री थिए।

कांग्रेसले पनि लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने आफ्ना मन्त्रीकाे नाम टुंगाे लगाएकाे छ। बर्दिया जिल्लाका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाकाे नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने जनाइएको छ।

गुल्मीका धनेन्द्र कार्की, प्युठानका सरोज थापा(राेज राणा), दाङका प्रचण्ड विक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीकाे नाम मन्त्रीकाे रुपमा टुंगिएकाे जनाइएको छ।

नव नियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले आज प्रदेश प्रमुखकाे कार्यालयमा सपथग्रहण गर्ने कार्यक्रम छ। सुरुमा मन्त्रीहरुले विना विभागिकाे रुपमा सपथ लिने र पछि जिम्मेवारी ताेकिने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *