आगो दन्किरहेको विमानभित्र छन् यात्रु, उद्धारको प्रयास जारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजमा आगो बलिरहेको अवस्थामा यात्रु विमानभित्रै फसेका छन् । उनीहरूको उद्धारको प्रयास जारी छ ।
अग्नी नियत्त्रकहरू आगो निभाउन सक्रिय छन् । साथमा भित्र फसेका यात्रुलाई बाहिर निकाल्ने वैकल्पिक विधिबारे पनि प्रयास भइरहेको छ । तत्काल उद्धारको प्रयास भइरहँदा यात्रुहरू जोखिम अवस्थामा छन् ।
जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको बताइएको छ । विमानभित्र कति यात्रु र चालक दलका सदस्य थिए भन्ने स्पष्ट भइसकेको छैन ।
प्रतिक्रिया
Facebook Comment