सौर्य एयरलाइन्सको विमान दुर्घटना : १९ जना सवार, चार जनाको शव निकालियो

डिसी नेपाल
९ साउन २०८१ १२:११

काठमाडौं। त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ। अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन्।

जलिरहेको विमानबाट एक जना विमानचालकलाई उद्धार गरी उपचारका लागि  काठमाडाैं मेडिकल कलेज शिक्षण अस्पताल लगिएको छ। विमानस्थलमा उद्धारमा खटेका एक प्रहरी अधिकारीले दुर्घटनास्थलबाट चारवटा शव फेला पारिएको छ।

दुर्घटना भएको केही क्षणमै धावनमार्गनजिकै धुवाँको मुस्लो उठेको देखिने तस्बिरहरू सामाजिक सञ्जालमा प्रकाशित देखा परेका थिए। उक्त विमानबाट “केही पड्किएको आवाज आएको” सुनिएको विमानस्थलस्थित एक अधिकारीले बताएका छन्।

बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको।

उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *