उपेन्द्र यादव आज फिलिपिन्स जाँदै
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव फिलिपिन्स भ्रमणमा जाने भएका छन् ।
एसियाली प्रजातान्त्रिक पार्टीहरुको संगठन (सोकडेम एसिया प्यासिफिक) को जुलाई ३० तारिखमा हुन लागेको स्टेरिङ कमिटीको बैठकमा सहभागि हुन अध्यक्ष यादव आज राति ११:३० बजे फिलिपिन्स जान लागेको उनको सचिवालयले जानकारी दिएको छ ।
अध्यक्ष यादवले ३१ जुलाईमा प्रोग्रेसिभ एलाइन्सको ग्लोबल कन्फेरेन्समा ‘वर्किङ फर अ न्यू प्रोग्रेसिभ एरा’ विषयक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका छ।
भ्रमणमा अध्यक्ष यादवसँगै पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापा पनि जाँदैछन्। अध्यक्ष यादव त्यहाँको राजनीतिक दल अक्बायन सिटीजन एक्सन पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुनेछन्।
जनता समाजवादी पार्टी,नेपाल सोकडेम एसिया प्यासिफिकको स्टेरिङ कमिटीको सदस्य रहेको छ । अध्यक्ष यादव साउन १७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment