ओलम्पिकको प्रारम्भिक चरणबाटै बाहिरिइन् जुडोकी मनीता
काठमाडौं। नेपाली जुडो खेलाडी मनीता श्रेष्ठ प्रधान पेरिस ओलम्पिक २०२४ को प्रारम्भिक चरणबाटै बाहिरिएकी छन्।
च्याम्प–डे–मार्स एरेना म्याट १ मा सोमबार उनले महिला ५७ केजीमुनिमा प्रतिस्पर्धा गरेकी थिइन्। तर, उनी सर्बियन खेलाडी मारिका पेरिसिकसँग पराजित हुदै प्रारम्भिक चरणबाटै बाहिरिएकी हुन्।
पेरिसिकले उनलाई एकै मिनेटमा पराजित गरेकी हुन्। योसँगै परेसिकले अन्तिम १६ मा स्थान पक्का गरेकी छन्।
जारी ओलम्पिक्समा पहिलो चरणबाट बाहिरिने मनिता चौथो नेपाली खेलाडी हुन्। यसअघि टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुष्मिता नेपाल र पौडीकी डुवाना लामा पनि पहिलो चरणबाट नै बाहिरिसकेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment