बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

डिसी नेपाल
१५ साउन २०८१ १७:३१
68
Shares

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन्।

मंगलबार बसेको बागमती प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको हो। मत सम्बन्धी प्रस्तावमा भएको मतविभाजनका क्रममा मुख्यमन्त्री लामको पक्षमा ६४ मत प्राप्त भएको थियो भने विपक्षमा ३५ मत प्राप्त भएको थियो। त्यस्तै ३ सांसद तटस्थ बसेका थिए।

बागमती प्रदेशसभाका सभामुख भुवन पाठकले मुख्यमन्त्री लामाको पक्षमा आएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे।

मुख्यमन्त्री लामा गत साउन ८ गते एमाले र कांग्रेसको गठबन्धनबाट प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *