कृषि समितिको सभापतिमा थापा निर्विरोध
काठमाडौं। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित भएकी छन्।
कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सूर्यप्रसाद ढकालको समर्थनमा थापा आज निर्विरोध निर्वाचित भएको ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले घोषणा गरे। समितिको सभापति डा आरजु राणा देउवा परराष्ट्रमन्त्री नियुक्त भएपछि सो पद रिक्त हुनपुगेको थियो।
समितिको सभापति पदमा कांग्रेसकी थापाको मात्र उम्मेदवारी परेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment