काठमाडौं उपत्यकाका बिभिन्न स्थान डुवानमा (भिडियो)
काठमाडौं। मंगलबार राती परेको अविरल बर्षाका कारण काठमाडौं उपत्यकाका बिभिन्न स्थान डुवानमा परेको छ। वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न नदी-खोला किनारा डुबानमा परेको हो।
बल्खुस्थित तरकारी बजार र सुकुम्वासी बस्तीमा पनि बाढी पसेको छ। त्यस्तै ललितपुरको च्यासलस्थीत एमाले पार्टी कार्यालयभित्रै बाढी पसेको छ भने च्यासलमा रहेको एन्फा फुटबल मैदानमा पनि बाढी छिरेको छ।
प्रहरीका अनुसार काठमाडौँको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको छ। काठमाडौँको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो।
ललितपुरको युएन पार्क क्षेत्रबाट डुबान प्रभावित दुई, सुन्दरीघाटबाट आठ, बालकुमारी पुलमुनिबाट एक, महालक्ष्मी नगरपालिका–८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट छजनाको उद्धार गरिएको छ। त्यस्तै काठमाडौंको बल्खुस्थित पुलमुनी बाढीले बगाएर ल्याएको अवस्थामा एक जनाको शव फेला परेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment