बाढीले पूर्वपश्चिम राजमार्गको बेलगाछी पुल क्षतिग्रस्त, सवारी आवागमन अवरुद्ध

डिसी नेपाल
१६ साउन २०८१ १३:१५

महोत्तरी। बर्षासंगै आएको बाढीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिबास भन्दा करीब २ किलोमीटर पश्चिम स्थित बेलगाछी पुल क्षतिग्रस्त हुँदा यातायात प्रभावित भएको छ ।

पूर्व पश्चिम महेंद्र राजमार्ग अंतर्गत टूटेश्वर महादेव जाने बाटो छेउ बेलगाछी पुल आज बिहान ३ बजे बाढीबाट  पूर्ण रूपले छती भएपछि  आवागमन प्रभावित भयेको हो । पुल क्षतिग्रस्त हुँदा पूर्व पश्चिम जाने दर्जनौं मालबाहक तथा यात्रु वाहक गाड़ीहरु बिहानै देखि जाममा परेको थियो ।

प्रहरीले वैकल्पिक बाटो प्रयोग गरेर रोकिएको गाडिहरु पास गराएको छ। सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिबासका प्रवक्ता एसएसपी सुरजसेन ओलीले पुल बिहान ३ बजेतीर पानीको भेलले क्षतिग्रस्त हुँदा केही घन्टा यातायातमा कठिनाई भएको बताएका छन् ।

अहिले प्रहरीले पूर्व पश्चिम बाट आउने गाडीहरुलाई लालबन्दीबाट रूट बदलेर हुलाकी राजमार्ग ,रेलगार्ग हुदै पठाएको छ एसएसपी ओलीले बताएका छन।क्षतिग्रस्त पुल मर्मतको काम द्रुतगतिमा चलिरहेकाले केही समय पछि सञ्चालन हुने उनले जानकारी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *