कामु प्रधानसेनापतिको जिम्मेवारी सिग्देललाई

डिसी नेपाल
१६ साउन २०८१ १७:३४
88
Shares

काठमाडौं। सरकारले नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी वरिष्ठ रथी अशोकराज सिग्देललाई दिन सिफारिस गरेको छ।

बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले वरिष्ठ रथी सिग्देललाई सैनिक ऐन २०६३ को दफा ८ को उपदफा ३ बमोजिम साउन २५ गतेदेखि लागू हुने गरि कायममुकायम भइ प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरि तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए।

अहिलेका प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल २४ भदौमा सकिँदैछ। त्यसको एक महिनाअघि विदा बस्ने सैनिक परम्परा भएकाले सरकारले सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोक्न सिफारिस गर्ने निर्णय गरेको हो।

त्यस्तै बैठकले महिला बालबालिका मन्त्रालय अन्तर्गत विभिन्न कार्यक्रमका लागि ११ अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय गरेको छ भने चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालय अन्तर्गत ५९ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको प्रवक्ता गुरुङले बताए।

त्यस्तै बैठकले ५ देशका राजदूत फिर्ता गर्दै १८ देशमा राजदूत नियुक्ति सिफारिस गरिएको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *