सहकारी छानबिन समितिले गर्‍यो ओरेन्टल सहकारीका सञ्चालक सुधीर बस्नेतसँग छलफल

डिसी नेपाल
१६ साउन २०८१ १८:४४
208
Shares

काठमाडौं। सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सरोकारवाला निकायसँगको छलफललाई जारी राखेको छ।

सहकारी संस्था बचत रकम दुरुपयोगको छानविनका लागि निष्कर्षमा पुग्न समितिले छलफललाई निरन्तरता दिएको हो। यसै क्रममा समितिले बुधबार ओरेन्टल सहकारीका सञ्चालक सुधीर बस्नेतसँग छलफल गरेको समिति संयोजक सूर्य थापाले जानकारी दिए। १२ वर्षदेखि समस्याग्रस्त रहेको उक्त सहकारीले २ अर्ब ९४ करोड बचत फिर्ता गर्न बाँकी रहेको उनको भनाइ छ।

त्यस्तै छलफलका क्रममा बस्नेतले आफूमाथि हजारबढि मुद्धा परेको र सबैको फेस गरेको बताए। आफूले बचतकर्ताको रकम फिर्ता गर्ने क्रममा रहेको बताउदै शर्माले सहकारी सञ्चालनमा देखिएका समस्याका बारेमा जानकारी गराएको समिति संयोजक थापाले उल्लेख गरे।

त्यस्तै समितिले बुधबार नै सहकारी सुरु गर्ने विश्वबन्धु थापासँग पनि छलफल गरेको थियो। सो क्रममा सहकारी क्षेत्रमा देखिएको बेतिथीका बारेमा छलफल भएको समिति संयोजक थापाले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *