गोरखामा नास्पतीले बजार पाएन

डिसी नेपाल
१७ साउन २०८१ ७:५५
136
Shares

गाेरखा। गोरखा जिल्लाको सिरान्चोक गाउँपालिका -५ का किसानको करेसामा लटरम्म फलेको १ हजार बोटमा अनुमानित एक हजार क्विन्टल भन्दा बढी नास्पतीले उचित बजार र थोक खरिदकर्ताको अभावका कारण कुहिने अवस्थामा पुगेका छन्।

ग्रामीण भेगाका किसानको करेसामा उत्पादन हुने अर्गानिक मौसमी फलफूल खुर्पानी, आल्चा, अमिलो, आरु र आँपलाई स्थानीय सरकारले चिस्यान केन्द्र खोली भण्डारण गर्न सके र बजार ब्यबस्थापन मिलाइदिन सके युवाहरूलाई विदेशपलायन हुनबाट रोक्न सकिने स्थानीयको भनाइ छ।

गाउँघरमा उत्पादन हुने कागती, लनुस, अदुवा हलेदो जस्ता नगदे बालीले उचित बजार भाउ पाउने हो भने ग्रामीण किसानलाई कृषिकर्ममा प्रोत्साहन मिल्ने स्थानीय कृषकहरु बताउँछन्।

गाउँ गाउँमा सिंहदरबार जत्रा कार्यालय निर्माण भएपनि गाउँको उत्पादनलाई भण्डारण गर्ने चिस्यान केन्द्र र नगदे बालीमा स्थानीय सरकारको खासै ध्यान पुगेको छैन। गत वर्ष अलैंचीले बजार नपाउँबदा गोरखाका स्थानीय कृषिहरु मारमा परेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *