१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ६१ वर्षीय वृद्ध पक्राउ
अर्घाखाँची। १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्क नगरपालिका-८ गोलखाडा बस्ने ६१ वर्षीय निम बहादुर कुँवरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
कुँवरले ती किशोरीलाई सोही नगरपालिका-६ स्थित जंगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कुँवरले १९ वर्षीय किशोरीलाई सोही नगरपालिका६ स्थित जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोप लागेको छ। सोही आरोपको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment