१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ६१ वर्षीय वृद्ध पक्राउ
अर्घाखाँची। १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्क नगरपालिका-८ गोलखाडा बस्ने ६१ वर्षीय निम बहादुर कुँवरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
कुँवरले ती किशोरीलाई सोही नगरपालिका-६ स्थित जंगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कुँवरले १९ वर्षीय किशोरीलाई सोही नगरपालिका६ स्थित जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोप लागेको छ। सोही आरोपको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

Facebook Comment