सौर्य एयरलाइन्सका पाइलट मनिष शाक्यको स्वास्थ्यमा सुधार, आजै डिस्चार्ज गरिँदै

काठमाडौं। सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाँचेका क्याप्टेन मनिष शाक्यको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।
काठमाडौं मेडिकल कलेजका निर्देशक प्राडा मीना थापाले क्याप्टेन शाक्यको स्वास्थ्यमा निकै सुधार भएकाले डिष्चार्ज गर्ने तयारी भएको जानकारी दिइन्। उनले तत्कालै काममा फर्किन सक्ने अवस्था नरहेपछि स्वास्थ्य अवस्था सुधार भएकाले घरमै आराम गरेर उपचार जारी रहने बताइन्।
शाक्यको ढाडमा देखिएको समस्या अप्रशेन गर्नुनपर्ने देखिएको उनले बताइन्। उपचारका क्रममा क्याप्टेन शाक्यले जहाज माथि पुगेपछि नियन्त्रणमा लिन नसकेको मात्रै बाउनुभएको डा थापाले उल्लेख गरिन्।
त्यस्तै क्याप्टेन शाक्यको स्वास्थ्य अवस्थाको जानकारी लिँदै कांग्रेस उपसभापति पूर्ण बहादुर खड्काले चिकित्सकको मेहनतका कारण शाक्यको अवस्था सुधार हुँदै गएको भन्दै चिकित्सकलाई धन्यवाद दिए।
अस्पतालका प्रमुख सुनील शर्माले समयमा नै उपचार सुरु गरेका कारण क्याप्टेन शाक्यले छिटो स्वास्थ्यलाभ गरेको बताए।
Facebook Comment