कर्णाली सरकारमा कांग्रेस सहभागी, राजीव शाहीले नेतृत्व गर्ने
काठमाडाैं। कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ। सांसद राजीवविक्रम शाहको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो।
शाहको नेतृत्वमा कांग्रेसबाट सुरेश अधिकारी, घनश्याम भण्डारी र विजया बुढा मन्त्री बन्ने पक्का भएको छ। कांग्रेसबाट मन्त्री भएकामध्ये तीन जना संस्थापन पक्षधर हुन् भने सुरेश अधिकारी शेखर कोइराला पक्षधर हुन्।
शाहले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्। घनश्याम भण्डारीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यस्तै विजया बुढालाई जलस्रोत तथा ऊर्जा मन्त्रालय र सुरेश अधिकारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय दिइएको छ। मन्त्रीको नाम लिस्ट मुख्यमन्त्री यामलाल कँडेललाई बुझाइसकिएको छ। मुख्यमन्त्री कँडेलले प्रदेश प्रमुखलाई सिफारिस गरी आज नै सपथ ग्रहण कार्यक्रम राख्ने बताइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment