काभा महिला भलिबलमा इरान तेस्रो

डिसी नेपाल
२३ साउन २०८१ १६:२४
200
Shares

काठमाडौं। सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलमा इरानले श्रीलंकालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आज भएको खेलमा इरानले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको हो।

इरानले श्रीलंकामाथि २५–२२, २८–२६, र २५–१७ ले पाखा लगाउँदै जित हासिल गरेको हो। प्रतियोगिताको फाइनल खेलमा नेपालले चिरपरिजित प्रतिद्धन्दी भारतको सामान गर्दैछ। उक्त खेल आज साझ पाँच बजेदेखि सुरु हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *