हेलिकप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय आयोग गठन

डिसी नेपाल
२३ साउन २०८१ १८:१६
140
Shares

काठमाडाैं। सरकारले नुवाकोट हेलिकप्टर दुर्घटनाको छानबिन गर्न आयोग गठन गरेको छ।

मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको हो। आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन्।

आयोगलाई काम सुरु गरेको मितिले ३० दिन हुने सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। बुधबार नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको थियाे।

हेलिकप्टरमा क्याप्टेन अरुण मल्लसहित चिनियाँ पर्यटकहरु जुदाड टाङ, जी लि, जेमिङ सी र यियाद वु (महिला) सवार थिए। उनीहरू पाँचै जनाकाे निधन भएकाे छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बुधबार दिउँसो १ः५४ मा हेलिकप्टर काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको थियो । हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *