राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गर्नेको संख्या बढ्दो

डिसी नेपाल
२३ साउन २०८१ ७:५१
56
Shares

काठमाडौं। आज राष्ट्रिय मुक्ति क्रान्तिको केन्द्रीय कार्यालय शंखमुलमा एक कार्यक्रमबीच संयोजक राजेन्द्र महतोले विभिन्न पार्टीका नेता कार्यकर्तालाई राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गराएका छन्।

प्रवेश गर्नेमा पुर्व जन्मुक्ति तथा हाल राप्रपा नेपालकी केन्द्रीय सदस्य बर्दिया निवासी कृष्णा थापा मगर, अछामको कांग्रेसको महाधिवेशन प्रतिनिधि शेरबहादुर शाह, सिन्धुपाल्चोकको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय आइटी विभाग प्रमुख चुडामणि श्रेष्ठ, जाजरकोटको क्रान्तिकारी कम्युनिस्ट पार्टीको कर्णाली प्रदेशको संचार विभाग प्रमुख राजबहादुर बुढामगर, जुम्लाकी क्रान्तिकारी कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य लक्ष्मी चौलागाईं बुढामगर, संगीता रावत, जसदेवी धामी लगायतका नेता-कार्यकर्ताहरु प्रवेश गरेका छन्।

पछिल्लो समयमा राष्ट्रिय मुक्ति क्रान्तिमा देशको विभिन्न भागबाट प्रवेश गर्नेहरुको लहर चलेको छ। केही हप्ता अगाडि पनि खसान क्षेत्रका कांग्रेस एमालेका दर्जनौं नेताकार्यकर्ताहरु प्रवेश गरेका थिए। स्वदेशवादको वैचारिकीमा बहुलराष्ट्रिय राज्य स्थापना गर्ने उद्देश्यले राष्ट्रिय मुक्ति क्रान्तिले देशैभर विभिन्न गतिविधि गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *