राष्ट्रिय एकता अभियानले बंगलादेश दूतावास अगाडि विरोध प्रदर्शन गर्ने

डिसी नेपाल
२४ साउन २०८१ ११:५७
12
Shares

काठमाडाैं। विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानले आज राजधानीमा हिन्दुवादी संघ संस्थाका प्रतिनिधिसँग छलफल गरेर बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीहरू माथी भइरहेको हिंसाको विरोधमा एक संयुक्त संघर्ष समिति बनाइ काठमाडाैंस्थित बंगलादेश दूतावास अगाडि विरोध प्रदर्शन गर्ने भएकाे छ।

राष्ट्रिय एकता अभियानले आज नै पराराष्ट्र मन्त्री आरजु देउवालाई ज्ञापनपत्र बुझाउने जनाएकाे छ। आफू एक हिन्दु भएको नाताले बंगलादेशमा भइरहेको हिन्दुहरु माथिको अत्याचार टुलुटुलु हेरेर बस्न नसक्ने बताए अभियानले चेतावनी दिएकाे छ।

सो बैठकमा अग्रणी हिन्दु धर्मगुरुहरु पुष्पराज पुरुष, अर्जुन प्रसाद बाँस्तोला, श्यामकृष्ण शर्मा, रामचन्द्र तिवारी, खेमनाथ आचार्यका साथै अभियन्ताहरु, राजनीतिक पार्टीका प्रतिनिधिका साथै विश्लेषक अरुणकुमार सुवेदीलगायतको समेत उपस्थिति थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *