प्राथमिकताका आधारमा बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

डिसी नेपाल
२४ साउन २०८१ १९:५४
36
Shares

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाको प्राथमिकता निर्धारण गरेर बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग आज अर्थ मन्त्रालयमा भएको छुट्टाछुट्टै छलफलमा अर्थमन्त्री पौडेलले आज सम्बन्धित राष्ट्रिय गौरवका आयोजना र अध्ययन सम्पन्न भएका, प्राथमिकता प्राप्त आयोजनालाई उच्च प्राथमिकता दिएर बजेट कार्यान्वयन गर्न निर्देशन दिए।

यसैगरी राम्रो प्रतिफल दिने, संघीय सरकारको कार्यक्षेत्र अन्तर्गतका र निर्माणाधीन आयोजनालाई अघि बढाउनुपर्नेमा जोड दिँदै उनले अध्ययन गरेर प्राथमिकीकरण गरी बजेट कार्यान्वयन गर्दा स्रोत साधनको सही सदुपयोग हुने बताए।

अर्थमन्त्री पौडेलले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग छलफल गरेका थिए।

खानेपानी मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग छलफल गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *