सहकारी छानबिन समितिद्वारा कैदीबन्दीसँग सोधपुछ

डिसी नेपाल
२८ साउन २०८१ २३:१९
56
Shares

काठमाडौं। सहकारी बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिले रकम अपचलनका विषयमा कैदीबन्दीसँग सोधपुछ गरेको छ।

सहकारीको रकम अपचलनको आरोपमा कैदमा रहेकाहरूलाई आज सिंहदरबारमा बोलाएर आवश्यक सोधपुछ गरेको संसद् सचिवालयका उपसचिव नुमराज खनालले जानकारी दिए।

सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ठगीका अभियुक्त इच्छाराज तामाङ, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष कृष्णबहादुर उप्रेती, कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालक हिमालय विक्रम मल्ल ठकुरीलाई डिल्लीबजार कारागारबाट झिकाएर सोधपुछ गरिएको उनले जानकारी दिए।

यसैगरी सुमेरु बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक सदस्य राजबहादुर सिंहलाई पनि सोधपुछ गरिएको र मंगलबार पनि अन्य सहकारीका अभियुक्तलाई बोलाएर सहकारी रकम अपचलनका विषयमा छानबिन गरिने उपसचिव खनालले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *