साफ यू-२० च्याम्पियनसिपका खेलहरु एन्फा कम्प्लेक्समा हुने

डिसी नेपाल
३१ साउन २०८१ १६:५३
48
Shares

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू-२० च्याम्पियनसिपका खेलहरु सातदोवाटोस्थीत एन्फा कम्प्लेक्समा हुने जनाएको छ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एन्फाले दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार भाद्र २ गते देखि १२ गतेसम्म हुने साफ यू-२० च्याम्पियनसिपको तयारी पुरा भएको र खेलहरु एन्फा कम्प्लेक्समा हुने जनाएको हो।

एन्फाका प्रवक्ता सुरेश शाहले सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालामा गर्ने तयारी गरेपनि रंगशालाको अवस्थाका कारण कठिन भएको उनले बताए। म्याच कमिस्नरले निरिक्षणपछि मात्रै सेमिफाइनल र फाइनल खेलहरु दशरथ रंगशाला हुने वा नहुने टुङ्गो लाग्ने उनले बताए।

उनले अहिलेका लागि रंगशालाको बिकल्पमा रुपमा एन्फा कम्प्लेक्सलाई स्वीकृत गराइएको जानकारी दिए। प्रवक्ता शाहले रंगशालाको मर्मत सम्भार राम्रोसँग नभएकाले अहिलेको अवस्था आएको उल्लेख गरे।

यू-२० च्याम्पियनसिपमा सहभागी हुने ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको। समूह ए मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन्। समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन्।

नेपाल र श्रीलंकाले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको अनुमानित बजेट रु ३ करोड १० लाख ५३ हजार ९ सय रहेको एन्फाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *