हावाहुरीले मकैबालीमा क्षति
मान्म। बिहीबार रातिको वर्षासँगै आएको हावाहुरीले यहाँको शुभकालिका गाउँपालिका–१ छाती गाउँका स्थानीयले लगाएको मकैबालीमा क्षति पुगेको छ। हावाहुरीले एक सय ३३ घरधुरीले लगाएको मकैबालीमा क्षति पुगेको हो।
पाक्ने बेलाको मकैमा हावाहुरीले क्षति पुर्याएको स्थानीय जवानसिंह सुनारले बताए। ‘यहाँ धानखेती हुँदैन। यहाँको मुख्य बाली मकै हो’, उनले भने, ‘हावाहुरीले मकै बाली नष्ट भएपछि किसान भोकमरी हुने चिन्तामा छन्।’
अहिलेसम्म यहाँका किसानले कृषि बीमा गरेका छैनन्। यहाँको प्रमुख बाली मकै भएकाले हावाहुरीले ठूलो क्षति पुर्याएको शुभकालिका गाउँपालिका–१ का वडाध्यक्ष वीरबहादुर रामजालीले बताए। “हावाहुरीले मकै बालीमा ठूलो क्षति पुगेको छ’, उनले भने, ‘क्षतिका बारेमा गाउँपालिका तथा विपद् व्यवस्थापन कार्यालयलाई पनि जानकारी गराइएको छ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment