प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको विजयी शुरुवात
काठमाडौं। प्रिमियर लिगको नयाँ सिजन शुरु भएको छ। गएराति सम्पन्न प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले विजयी शुरुवात गरेको छ।
म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो। म्यानचेस्टर युनाइटेडको जितमा खेलको ८७औँ मिनेटमा जोशुआ जिर्कजीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।
यसै सिजनमा म्यानचेस्टर युनाइटेड आएका जोशुआले डेब्यू खेलमै गोल गरेर शानदार शुरुवात गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment