नेपालले यु-१९ विश्वकप क्रिकेटको एशिया क्वालिफायरको आयोजना गर्ने
काठमाडौं। नेपालले आसीसी यु-१९ विश्वकप क्रिकेटको एशिया क्वालिफायर २०२५ को आयोजना गर्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आगामी अप्रिल १२ देखि २१ सम्म काठमाडौंमा सो प्रतियोगिता आयोजना हुने भएको हो। प्रतियोगिताको विजेताले २०२६ मा हुने आइसीसी यु-१९ विश्वकपमा भाग लिन पाउने छ।
यू-१९ एशिया क्वालिफायरमा आयोजक नेपालसहित अफगानिस्तान, ओमान, हङकङ र युएईले भाग लिने छन्।
१६ देशले भाग लिने यो प्रतियोगिता जिम्बाबेले आयोजना गर्ने बताइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment