परिवर्तनका लागि महिलाको अर्थपूर्ण सहभागिता जरुरीः विश्वप्रकाश शर्मा

डिसी नेपाल
२ भदौ २०८१ २१:१३
80
Shares

झापा। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महिलाको अर्थपूर्ण सहभागिताले मात्र मुलुकको हरेक क्षेत्रमा परिवर्तन सम्भव हुने बताएका छन्।

नेपाल महिला संघ झापाको आज अभिमुखीकरण प्रशिक्षणका क्रममा गर्दै उनले महिलाको सशक्त र अर्थपूर्ण सहभागिताले मात्र हरेक क्षेत्रमा परिवर्तन सम्भव हुने रहेको बताए।

“मुलुकको हरेक परिवर्तमा महिलाको भूमिका महत्वपूर्ण छ”, उनले भने, “क्षमतावान महिलाको राजनीतिसहित हरेक क्षेत्रमा उज्जवल भविष्य छ।”

नेपाल महिला संघ १ नम्बर क्षेत्रीय समितिको संयोजनमा भएको अभिमुखीकरण प्रशिक्षणमा महिलाको नेतृत्व विकासका विषयमा बद्री कार्की, संविधान एवम् कानुनमा महिलाका अधिकारका विषयमा अधिवक्ता वसन्त नेपाल र नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास र नेपाल महिला संघका विषयमा विकास उप्रेतीले प्रशिक्षण दिएका थिए।

कार्यक्रममा कांग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डे, नेपाल महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटी, कोशी प्रदेशसभा सदस्य गोपाल तामाङ, नेपाल महिला संघ झापा अध्यक्ष टीका सिटौला मैनालीलगायतले मन्तव्य राखेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *