पछाडि फर्किनका लागि संविधान संशोधन गर्न लागेको होइन : गृहमन्त्री लेखक

डिसी नेपाल
३ भदौ २०८१ १४:५६
24
Shares

काठमाडौं। गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ बनाउन संविधान संशोधन गर्न लागिएको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान संशोधनमार्फत वर्तमान व्यवस्थालाई थप सुदृढ बनाइने बताएका हुन्।

‘संविधान संशोधन गर्ने विषयलाई पनि हामीले एजेण्डा बनाएका छौं। तर, संविधानको संशोधन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गर्नका लागि, थप राम्रो बनाउनका लागि हो, पछाडि फर्किनका लागि होइन,’ उनले भने।

गृहमन्त्री लेखकले कांग्रेस-एमालेको सरकार बनेको एक महिनामा केही महत्वपूर्ण काम भइसकेको बताए। उनले विगत १८ वर्षदेखि निश्कर्षमा पुग्न नसकेको शान्ति प्रक्रियाको बाँकी काम निश्कर्षमा पुर्याउन प्रतिनिधि सभाबाट टीआरसी विधेयक पारित गरिएको बताए। सो विधेयक राष्ट्रिय सभाबाट आगामी भदौ ६ गते पारित गरिने पनि उनले खुलासा गरे।

‘१८ वर्षसम्म अलमलमा परेको, रुमलिएको र निश्कर्षमा पुग्न नसकेको शान्ति प्रक्रियाका बाँकी काम, संक्रमणकाल सम्बन्धित कानुनलाई अहिले प्रतिनिधि सभाले पारित गरिसकेको छ। ६ गते हामी राष्ट्रिय सभाबाट त्यो पारित गरेर चाँडै हामी संक्रमणकालीन न्यायका विषयहरुलाई सम्बोधन गर्छौं,’ नेता लेखकले भने ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *