साफ यू–२० च्याम्पियनसिपमा भारतको विजयी शुरुवात

डिसी नेपाल
३ भदौ २०८१ १८:०४
72
Shares

काठमाडौं। काठमाडौंमा जारी साफ यू-२० च्याम्पियनसिपमा भारतले विजयी शुरुवात गरेको छ।

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न समुह बी अन्तर्गतको खेलमा भारतले भुटानलाई १–० गोल अन्तरको जित हासिल गर्दै विजयी शुरुवात गरेको हो।

डिफेन्डिङ च्याम्पियन समेत रहेको भारतको जितमा खेलको ३७औं मिनेटमा मोनिरुल मोल्लाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।

आइतबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा समुह ए मा रहेको नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको थियो। अब प्रतियोगितामा अर्को खेल मंगलबार समुह बी अन्तर्गत बंगलादेश र श्रीलंकाबीच हुदै छ।

नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बंगलादेश र श्रीलंकासँग रहेको छ भने समुह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन्।  त्यस्तै नेपालले भने समुह चरणको अर्को खेल विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *