चिकित्सा शिक्षा क्षेत्रलाई सस्तो र सुलभ बनाउनुपर्छः शेखर कोइराला

डिसी नेपाल
४ भदौ २०८१ १७:१७
48
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले चिकित्सा शिक्षा क्षेत्रलाई सस्तो र सुलभ बनाउनुपर्नेमा जोड दिएका छन्।

सुनकोशी–इन्द्रावती समाज, सिन्धुपाल्चोकले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले चिकित्सा शिक्षा पढ्नका लागि धेरै पैसा लाग्ने कारणले विद्यार्थीहरु पढ्नबाट बञ्चित हुने गरेको भन्दै यसलाई सस्तो र सुलभ बनाउनुपर्नेमा जोड दिएका हुन्।

त्यस्तै उनले स्वास्थ्य सेवा सरकारी अस्पतालमा महंगो हुँदै गएको उल्लेख गरे। स्वास्थ्य क्षेत्रलाई सबै नागरिकको सहज पहुँचमा पुराउनका लागि सरोकारवाला सबै गम्भीर हुनुपर्ने उनको भनाइ छ।

उनले अहिले आफू राजनीतिज्ञ भएकाले राज्यले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने काममा आफूले ध्यानाकर्षण गराउने धारणा राखे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *