युवा संघको आयोजनामा एआई सम्मेलन हुँदै

डिसी नेपाल
४ भदौ २०८१ १८:३९
460
Shares

काठमाडाैं। नेपालमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन आयोजना हुने भएको छ। नेकपा एमालेको प्रमुख जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले भदौ ३० र ३१ गते एआई सम्मेलन आयोजना गर्न लागेको हो।

एआई सम्मेलनबाट विश्व बजारमा अहिले भइरहेको ‘आर्टिफिसियल इन्टेलिजेन्स’को विकास र उपयोगबारे नेपाली समाजमा जानकारी प्रदान गरिने युवा संघ नेपालले जनाएको छ।

सम्मेलनको तयारी बैठकका क्रममा अध्यक्ष क्षितिज थेबेले सम्मेलनको उद्देश्यबारे जानकारी गराउँदै सूचना प्रविधिको वर्तमान युग अब ‘आर्टिफिसियल इन्टेलिजेन्स’मा पुगिसकेको बताउँदै यसबाट नेपाली समाजमा पर्न सक्ने प्रभाव र लिन सक्नुपर्ने लाभबारे सम्मेलन केन्द्रित हुने बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *