फेलिक्स चेल्सीमा भित्रिए

डिसी नेपाल
६ भदौ २०८१ ७:४४
40
Shares

काठमाडौं। पोर्चुगलका अट्याकिंग मिडफिल्डर जोआओ फेलिक्स फेरि चेल्सी भित्रिएका छन्।

चेल्सीले फेलिक्सलाई ला लिगा क्लब एटलेटिको म्याड्रिडबाट किनेको हो। मिडिया रिपोर्टका अनुसार चेल्सीले फेलिक्सका लागि ५९ मिलियन डलर खर्च गरेको बताइएको छ । चेल्सीले फेलिक्सलाई ६ बर्षका लागि भित्र्याएको जानकारी दिएको छ।

फेलिक्सले यसअघि २०२२-२३ सिजनमा चेल्सीमा लोनमा एक बर्ष खेलेका थिए। त्यसपछि लोनमा नै बार्सिलोनाबाट गत सिजन खेलेका फेलिक्स फेरी चेल्सीमै फर्किएका छन्।

फेलिक्सले चेल्सी फर्किँदा आफ्नो घरमा फर्किए जस्तो अनुभव भएको बताएका छन्।

२४ बर्षीय फेलिक्स एटलेटिको म्याड्रिडमा प्रशिक्षकसँग विवाद भएपछि दुई सिजन लोनमा चेल्सी र बार्सिलोनाबाट खेलेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *