रोनाल्डोको गोलका बाबजुद बराबरीमा रोकियो अल नासर
काठमाडौं। साउदी प्रो लिगको नयाँ सिजन शुरु भएको छ। गएराति सम्पन्न साउदी लिगको खेलमा अल नासर बराबरीमा रोकिएको छ। अल नासरलाई अल राएदले १-१ गोलको बराबरीमा रोकेको हो।
अल नासरका लागि क्रिस्टियानो रोनाल्डोले खेलको ३४औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएपनि सो अग्रता जोगाउन नसक्दा अंक बाँड्नु परेको थियो। अल राएदका लागि मोहमद फौजैरले खेलको ४९औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए।
यो खेलपछि दुवै क्लबले एक एक अंक हासिल गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment