लुकाकुलाई भित्र्याउँदै नापोली

डिसी नेपाल
८ भदौ २०८१ १६:३६
76
Shares

काठमाडौं। बेल्जियमका फरवार्ड रोमेलु लुकाकु इटालियन क्लब नापोली जाने निश्चित भएको छ।

हाल चेल्सीका खेलाडी रहेका लुकाकुले गत सिजनमा इटालियन सिरी ए क्लब एएस रोमाबाट लोनमा खेलेका थिए।

चेल्सीले लुकाकुलाई आफ्नो प्राथमिकतामा नराख्ने भएपछी उनले नापोलीसँग तीन वर्षको सम्झौता गरेको बताइएको छ।

गत सिजनमा रोमाका लागि लुकाकुले ४७ खेल खेल्दै २१ गोल गरेका थिए।

लुकाकु र नापोलीको व्यवस्थापनबीच सहमति भएको र अब औपचारिक सम्झौताको प्रक्रिया अगाडी बढाइएको मिडिया रिपोर्टमा उल्लेख छ।

नापोलीले लुकाकुका लागि चेल्सीलाई ३० मिलियन युरो तिर्न सहमत भएको बताइएको छ। त्यस्तै लुकाकुले नापोलीमा वार्षिक ६ मिलियन युरो पारिश्रमिक लिने गरि सहमति भएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *