म्यानचेस्टर युनाइटेड ब्राइटनसँग स्तब्ध

डिसी नेपाल
८ भदौ २०८१ २१:००
40
Shares

काठमाडौं। ब्राइटनले इङलिश प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ। शनिबार सम्पन्न खेलमा ब्राइटनले म्यानचेस्टर युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

ब्राइटनको जितमा जोआओ पेड्रोले खेलको ९० मिनेटपछिको इन्जुरीसमयमा गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पारेका थिए। त्यसअघि खेलको ३२औं मिनेटमा ब्राइटनले डानी वेलब्याकको गोलमा शुरुवाती अग्रता लिएको थियो भने म्यानचेस्टर युनाइटेडले खेलको ६०औं मिनेटमा अमाद डिआल्लोको गोलमा खेल बराबरी गरेको थियो।

यो जितपछि ब्राइटनले प्रिमियर लिगको नयाँ सिजन शानदार रुपमा शुरुवात गर्दै लगातार दोस्रो जित हासिल गरेको छ। यो जितपछि ब्राइटनको २ खेलमा ६ अंक भएको छ।

त्यस्तै नयाँ सिजनको पहिलो खेल जितेको म्यानचेस्टर युनाइटेडले भने दोस्रो खेलमा हार बेहोरेको छ। यो हारपछि म्यानचेस्टर युनाइटेडको २ खेलमा ३ अंक रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *