टेस्ट खेलमा पाकिस्तानमाथि बंगलादेशको ऐतिहासिक जित

डिसी नेपाल
९ भदौ २०८१ १६:४९
1.0k
Shares

काठमाडौं। बंगलादेशले टेस्ट क्रिकेटमा नयाँ इतिहास बनाएको छ। बंगलादेशले पाकिस्तानविरुद्ध टेस्ट क्रिकेटमा पहिलो जित हासिल गरेको हो।

जारी टेस्ट सिरिजको पहिलो टेस्टको पाँचौं दिन पाकिस्तानले दिएको ३० रनको लक्ष्य बंगलादेशले कुनै विकेट नगुमाएर पुरा गर्दै १० विकेटको ऐतिहासिक जित हासिल गरेको हो।

यसअघि पहिला ब्याटिंग गर्दै पाकिस्तानले ६ विकेट गुमाएर ४४८ रन बनाएर इनिंग घोषणा गर्दै बंगलादेशलाई ब्याटिंगका लागि बोलाएको थियो। बंगलादेशले आफ्नो पहिलो इनिंगमा ५६५ रन बनाएको थियो। त्यसपछि पाकिस्तानले दोस्रो इनिंगमा १४६ रन बनाएर अल आउट भएपछि बंगलादेशले ३० रनको लक्ष्य पाएको थियो।

यो जितपछि बंगलादेशले २ खेलको टेस्ट सिरिजमा १(० को अग्रता हासिल गरेको छ।

साथै बंगलादेशले टेस्ट क्रिकेटमा आठ देशलाई पराजित गरेको छ । बंगलादेशले अहिलेसम्म अफगानिस्तान, श्रीलंका, अस्ट्रेलिया र आयरल्याण्डलाई एक्क एक खेलमा पराजित गरेको छ भने न्यूजील्याण्डलाई २, वेस्ट इण्डिजलाई ४ र जिम्बाबेलाई ८ टेस्टमा पराजित गरेको छ ।

अब सिरिजको दोस्रो खेल अगस्त ३० गतेदेखि शुरु हुने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *