खुकुरी प्रहार गरेर छोरीको हत्या, आमा घाइते

डिसी नेपाल
११ भदौ २०८१ २१:०७
228
Shares

इनरुवा। सुनसरीको धरानमा खुकुरी प्रहार गरेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। सङ्खुवासभा खाँदबारी नगरपालिका–२ का ३३ वर्षीय बविन बराल पक्राउ परेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।

बरालले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा धरान २ का ३३ वर्षीया सिर्जना साहीकी १४ वर्षीय छोरी इनिसा साहीको मृत्यु भएको छ भने आमा सिर्जना घाइते भएको उपरीक्षक भण्डारीले बताए। खुकुरी प्रहारबाट आमाछोरी घाइते भएकामा उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उपचारका क्रममा छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *